४ जेष्ठ २०८१, शुक्रबार

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३४ जनामा देखियो कोरोना संक्रमण


नारायणी अस्पताल

वीरगञ्ज, साउन २० । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूषहरु र ६ जना महिलाहरु रहेका छन् ।

संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् । सोमबार अबेर राति संक्रमण पुष्टि भएका ३४ मा वीरगञ्ज ब्यारेकका २८ देखि ३४ वर्षका ३ जना नेपाली सेना, पर्सा वीरगञ्जका २२ वर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका २० वर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १/१ जना डाक्टर रहेका छन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जना,स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्ष ४९ बर्षका ५ जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका-२ का १ जना पुरुष र २ जना महिला रहेका छन् भने पर्सा जिल्लाको सेढवाका २२ बर्षका १ जना युवामा पनि कारोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका-४ का २८ वर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा-८ का ४८ बर्षका १ जना पुरुष रहेको छन् । साउन १४ गते देखि १८ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ६१४ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !