८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५४३


कोरोना भाइरस

२० साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बेलुका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५४३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बेलुका ७:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरको तथ्यांक अनुसार स्याङजाको पुतलीबजारका ६ जना पुरुषहरु र २ जना महिलाहरु रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १३५२ पुगेको छ ।

गण्डकी प्रदेशमा आज ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५४३


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !