७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५३ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन १७ । सुदूरपश्चिम प्रदेशमा आज थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ३३ जना पुरुषहरु र २० जना महिलाहरु गरी जम्मा ५३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८९ जनाको कोरोना परीक्षण गर्दा बझाङका २३ जना, कैलालीका ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

 

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५३ जना नयाँ संक्रमित

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २६ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !