८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २६ जना नयाँ संक्रमित


कोरोना संक्रमण C

धनगढी, साउन १६ । सुदूरपश्चिम प्रदेशमा आज थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १७ जना पुरुषहरु र ९ जना महिलाहरु गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २७१ जनाको कोरोना परीक्षण गर्दा बझाङका २ जना, कैलालीका २३ जना र कञ्चनपुरका १ जनमा कोरोना संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २६ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !