८ बैशाख २०८१, शनिबार

सभामुख सापकोटाको निवासमा कार्यरत १ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौं, साउन १७ । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत १ जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले दिएको जानकारी अनुसार सभामुख निवासमा कार्यरत १ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

सभामुख निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सभामुखसहित ट्रेसिङमा पर्ने अरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी मन्त्रालयले गरेको छ । सभामुख सापकोटाको सचिवालयका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास आएका थिए ।

उनमा कोरोना पुष्टि भएपछि सभामुख निवासमा कार्यरत अन्य सुरक्षाकर्मीको हिजो नै स्वाब संकलन गरिसकिएको छ तर रिपोर्ट आउन बाँकी छ । ती सुरक्षाकर्मी सभामुखको सुरक्षाका लागि अगुवा गाडीमा रहने प्रहरी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !