८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४७९


कोरोना भाइरस

१५ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरको तथ्यांक अनुसार स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, तनहुँका ३, कास्कीका १४ जना लमजुङका ३ जना र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२३० पुगेको छ ।

गण्डकी प्रदेशमा आज ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४७९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !