८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३५


कोरोना भाइरस

१४ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज फेरि बिहान ८:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशको स्याङजाको पुतलीबजारका १ जना, बागलुङको कोठेखोलाका १ जना, तनहुँको भिमादका १ जना र म्याग्दीको मालिका र अन्नपूर्णका १/१ जना गरी जम्मा ५ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !