२० पुस २०८१, शनिबार

स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित एकैदिन १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


स्याङजा प्रहरी कार्यालय

स्याङ्जा, साउन १२ । स्याङजामा जिल्ला प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले एकैपटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जना प्रहरीहरु रहेका छन् । आज संक्रमण देखिनेहरुमा ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४, ३६ वर्षीय पुरुषहरु १७ जना र २६ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।

प्रहरीहरुमा रुघाखोकी, ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा यसअघि ३ जनामा कोरोना पुष्टि भएपछि अन्य प्रहरीको पनि परीक्षण गरिएको हो । कार्यालयका ९८ प्रहरीसहित ४ जना थुनुवाको नमुना स्वाब संकलन गरी पठाइएकोमा केहीको अझैं आउन बाँकी छ । उनीहरुलाई भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिने तयारी भइरहेको पुतलीबजार स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यसअघि आइतबार प्रदेश-१ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी अस्पतालले जनाएको छ । हालसम्म नेपाल प्रहरीमा १६० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !