८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३७७


कोरोना भाइरस

१२ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाकी ३० वर्षीया महिला १ जना र २९ वर्षीय पुरुष १ जना गरी २ जनामा कोरना संक्रमण देखिएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १२०१ पुगेको छ ।

गण्डकी प्रदेशमा आज २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !