१४ जेष्ठ २०८१, सोमबार

कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयले दियो यस्ता १२ सुझावहरु


कोरोना संक्रमण

काठमाडौं, साउन ११। स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न विशेष १२ वटा सुझावहरु दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यस्ता छन् कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयले दिएका १२ सुझावहरु

१. सकेसम्म छुट्टै कोठामा बस्ने, कम्तीमा दुई मिटरको दूरी कायम गर्ने ।

२. उपचारका लागिबाहेक अन्य समयमा घरबाट बाहिर ननिस्कने ।

३. स्वास्थ्य संस्थामा जानु परे सार्वजनिक यातायात प्रयोग नगर्ने ।

४. आफूले खाना खाने भाडा, मञ्जन, ब्रस, काइयो, लुगा, रुमाल, तौलिया, तन्दा अरुसँग नसाट्ने, प्रयोग गरिसकेपछि सामान आफै धुने वा माझ्ने ।

५. साबुन पानीले मिचिमिची २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ।

६. खोक्दा वा हाछ्यु गर्दा कुइनो, पेपर वा टिस्यले मुख छोप्ने ।

७. प्रयोग गरेको टिस्यु, रुमाल वा मास्क फोहोर ठाउँमा फाल्ने र त्यस लगत्तै हात धुने ।

८. प्रयोग गरेको तन्दालाई साबुन पानीले धुने र राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्ने ।

९. छुट्टै शौचालयको प्रयोग गर्ने ।

१०. जथाभावी नथुक्ने ।

११. मन्त्रालयको निर्देशन पूर्ण रुपमा पालना गर्ने र

१२. हरेक दिन शरीरको तापक्रम ताप्ने र मिति अनुसार टिपेर राख्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !