६ जेष्ठ २०८१, आइतबार

पर्सामा २ जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि


कर्णाली प्रदेश

बीरगञ्ज, साउन ८ । पर्सामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । दुई जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन् ।

संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । सबैको स्वाव संकलन साउन ६ गते गरिएको थियो ।

काेराेना भाइरस संक्रमणवाट वीरगंज महानगरपालिका-६ माइस्थानका ७० वर्षीय १ जना बृद्धको मृत्यु भएकाे छ । काेराेनाका लक्षण सहित गम्भिर विरामी मृतककाे शव अहिले गण्डक काेभिड अस्पतालमा रहेकाे, र उनको शब डिस्पाेजलकाे तयारी हुँदैछ ।

उनका अनुसार कतिपय संक्रमित लक्षण सहित देखिएकोले निकै गम्भिर अवस्था सिर्जना भएको बताए । फेसबुक पेजमा लेख्दै सहायक प्रमुख बस्नेतले वास्तवमा देशभरी कोरोना संक्रमण घटेको होइन, परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको उहाँको बुझाइ रहेको छ ।

बस्नेतले यस्तो अवस्थामा लकडाउन अन्त्य हुँदा सबैतिर बढेको भिडभाडले ठूलो खतरा निम्त्याइरहेको भन्दै चाँसो व्यक्त गरेका छन् । ‘हामीहरू अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममै छौं । तसर्थ भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूको अनिवार्य रूपमा पालना गर्न बस्नेतले आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !