चितवन, असार ३१ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा चितवनको माडी नगरपालिका१, ७ र ८ का ८ जना पुरुषहरु र पूर्वी नवलपरासीको कावासोती नगरपालिका-५ र ८ क २ जना पुरुषहरु तथा पूर्वी नवलपरासीको बुर्लिंगटार-३ र ४ का ८ जना पुरुषहरु र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार ३० गते प्राप्त भएका नमुनामघ्ये ३०८ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १९ वटा नमूनाको नतिजा पोजेटिभ र २८९ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।