३ मंसिर २०८१, सोमबार

गण्डकी प्रदेशमा आज ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२०३ पुग्यो


कोरोना भाइरस

३० असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज साँझ ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२०३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा २ जना र जनस्वास्थ्य प्रयोगशाला, हेटौडा गरिएको परीक्षणमा २ जना गरी ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज कोरोन संक्रमण पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । साथै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ८७५ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !