८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ४२ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार २६ । काठमाडौं उपत्यकामा आज थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका २८ जना, ललितपुर जिल्लाका १३ जना र भक्तपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा आज शुक्रराज ट्रपिकल अस्पताल टेकुमा गरिएको परीक्षणमा १ जना, त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा १२ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटनमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटनमा गरिएको परीक्षणमा ललितपुर जिल्लामा १३ जना र भक्तपुर जिल्लामा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ५ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !