६ जेष्ठ २०८१, आइतबार

काठमाडौंमा कोरोना जोखिम बढ्नुका कारणहरु र समाधानका उपायहरु : डा. रवीन्द्र पाण्डे


डा. रवीन्द्र पाण्डे

काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्नुका कारणहरु

१. संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् | उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन ।

२. काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व PCR टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

३. काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् ।

४. ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ ।

५. दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।

६. विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन । जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् ।

७. बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाविधिको अनुगमन र कारबाही गरिएको छैन ।

८. सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन ।

९. स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अरबौंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन ।

१०. आम नागरिकमा डर तथा सतर्कता हराउंदै गएको छ । सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ । भौतिक दुरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाबिधिलाई झारा तार्ने प्रवृतिको रुपमा स्थापित छ ।

समाधानका उपायहरु

१. उपत्याका शिल गर्ने ।

२. यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि PCR टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने ।

३. विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिबार्य रुपमा PCR टेस्ट गर्ने । संक्रमितलाई आइसोलेसनमा राख्ने । नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने ।

४. सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने ।

५. बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने/दिने ।

६. अनलाइन प्रबिधिलाई सकेसम्म बिस्तार गर्ने । गाहकलाई प्रशिक्षित गर्ने | टेलिमेडिसिन बिस्तार गर्ने ।

७. यस्तो बिपद्मा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिने । कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने ।

८. प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर PCR टेस्ट को दायरा बढाउन जनताले पहल गर्ने । पुलिंग मेथोड़बाट टेस्ट गर्न दवाव दिने । नीजि प्रयोगशालामा PCR टेस्ट गर्न दवाव दिने । दवाव बिना परिक्षणको दायरा बढ्ने लक्षण देखिएन ।

९. तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने । नागरिक आफैले सुरक्षाबिधि अपनाउने । जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने ।

*डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहन्छ ।

यो पनि पढ्नुहोस्

ढलमा कोरोना देखियो भनेर आत्तिनु पर्दैन : डा. रवीन्द्र पाण्डे

काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारेमा डा. रवीन्द्र पाण्डेको धारणा

विश्व र नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !