१४ जेष्ठ २०८१, सोमबार

प्युठानमा आज फेरि थपिए कोरोना भाइरसका ११ जना नयाँ संक्रमित


कोरोना भाइरस

प्युठान, असार २० । प्युठान जिल्लामा आज फेरि थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या ३२३ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमामा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा मल्लरानी गाउँपालिका ४ जना पुरुषहरु र स्वर्गद्वारी नगरपालिका १ जना पुरुष रहेका छन् । यी कोरोना संक्रमित हुनेहरुको उमेर समुह २० वर्षदेखि ३० वर्ष रहेको छ ।

यसका साथै प्युठान नगरपालिकाका ४ जना, गौमुखी गाउँपालिका १ जना र झिम्रुक गाउँपालिका १ जना गरी ६ जना पुरुह्शारू रहेका छन् । यी कोरोना संक्रमित हुनेहरुको उमेर समुह ११ वर्षदेखि ५५ वर्ष रहेको छ । यसरी आज मात्र नयाँ १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान मात्र प्युठानमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएर संक्रमितको संख्या ३१२ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्युठानमा आज थपिए कोरोना भाइरसका ६ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !