![कोरोना भाइरस](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Virus13-11.jpg?fit=1056%2C496&ssl=1)
सुर्खेत, १७ असार । कर्णाली प्रदेशमा आज दिउसो २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४६८ जना पुगेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो ४:२५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।