१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा आज बिहानै २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९४


कोभिड-१९

१७ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:२५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा १२ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा ३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा १ जना र प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुने नवलपरासी (ब.सु.पू.) र कास्कीका सबै संक्रमितलाई आईसोलेसन राखिसकिएको, गोरखा शहिदलखन गाउँपालिकाको संक्रमितलाई कोरोना अस्पताल, भरतपुर राखिएको छ भने अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !