४ बैशाख २०८१, मंगलबार

कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४३ पुग्यो


कोरोना भाइरस

सुर्खेत, १६ असार । कर्णाली प्रदेशमा आज दिउसो १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४४३ जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो २:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा १२ जना र भारी अस्पताल, नेपालगंज बाँकेमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !