६ जेष्ठ २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या १२७७२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४६३ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असार १४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४६३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना रहेका छन् ।

साथै कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

नेपालमा सबै ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज नयाँ कोरोना संक्रमित ४६३ मध्ये ३५८ जना पुरुषहरु र १०५ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३०१३ जना पुगेको छ ।

नेपालमा सबै ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज नयाँ कोरोना संक्रमित ४६३ मध्ये ३५८ जना पुरुषहरु र १०५ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म ३०१३ जनाले जिते कोरोना, थप १७९ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

नेपालमा संक्रमितको संख्या १२ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५५४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !