११ बैशाख २०८१, मंगलबार

नेपालमा अहिलेसम्म ३०१३ जनाले जिते कोरोना, थप १७९ जना घर फर्किए


निको भएर घर फर्के

१४ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३०१३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बिर्ता पुलिस एकडेमी आइसोलेसन सेन्टर रौटहटबाट ४६, कोभिड १९ अस्पताल धनुषाबाट ११, नारायणी अस्पताल पर्साबाट २८, जलेश्वर अस्पताल महोत्तरीबाट ३, साइकृष्ण अस्पताल सप्तरीबाट १६, कोरोना विशेष अस्पताल दाङबाट ३९, सिरहा अस्पतालबाट ६, महेन्द्र जनरल अस्पतालबाट सिरहाबाट १३ र कलैया अस्पताल बाराबाट १७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा सबै ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज नयाँ कोरोना संक्रमित ४६३ मध्ये ३५८ जना पुरुषहरु र १०५ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३०१३ जना पुगेको छ । नेपालमा अहिलेसम्म २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १२७७२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४६३ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

नेपालमा अहिलेसम्म २८३४ जनाले जिते कोरोना, थप १३६ जना घर फर्किए 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !