११ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०३१


कोरोना भाइरस

१८ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०३१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो २:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १ जना र लम्जुङ्गका १६ जना गरी जम्मा १७ जनामा १ जना महिला र १६ जना पुरुषहरु रहेका छन् । आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !