७ जेष्ठ २०८१, सोमबार

गण्डकी प्रदेशमा आज ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८९५


कोरोना भाइरस

१४ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो ३:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा ६ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज  कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !