७ बैशाख २०८१, शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि


जुम्ला, असार ११ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले आज राती १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रतिष्ठानका निर्देशक डा. रावलका अनुसार आज कोरोना पुष्टि हुनेहरु प्रतिष्ठानमा कार्यरत २ जना स्वास्थ्यकर्मीहरु, प्रतिष्ठानमा उपचाररत १ जना र परीक्षणका लागि ल्याइएका अन्य २२ गरी २५ रहेका छन् रहेका छन् ।

निर्देशक डा.रावलका अनुसार उनीहरु सबै प्रतिष्ठानको आईसोलेसन कक्षमा रहेको र उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकरी दिएका छन् । साथै कोरोना संक्रमितहरुको सम्पर्कमा रहेका सवैको कन्ट्याक ट्रेसिङ्गको काम पनि भई रहेको उनले बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !