१२ जेष्ठ २०८१, शनिबार

चिकित्सकको भनाइ : नेपालमा स‌ंक्रमितमध्ये ९८ प्रतिशतमा कोरोनाको कुनै लक्षण देखिएको छैन


डाक्टरसहित २० जनामा कोरोना संक्रमण

काठमाडौं, असार ११ । नेपालमा देखिएका कोरोना भाइरसका संक्रमित मध्ये ९८ प्रतिशत संक्रमितमा कुनै लक्षण देखिएको छैन । लक्षणबिनाको संक्रमितबाट समुदायमा संक्रमण फैलन सक्ने भएकोले यसतर्फ सचेत हुनुपर्ने चिकित्सकहरुको भनाइ छ ।

चिकित्सकहरुका अनुसार कोरोनाका मुख्य लक्षणमा रुघाखोकी लाग्ने, उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या, थकान महसुस हुने, वान्ता हुने लगायतका हुन् । तर नेपालका कोरोना संक्रमित मध्ये ९८ प्रतिशतमा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

विश्वका अधिकांश देशमा कोभिड १९ संक्रमित मध्ये ५० देखि ६० प्रतिशतमा संक्रमण देखिएको तथ्याङक छ । विश्वको तुलनामा नेपालमा कोरोना संक्रमितमा लक्षण नदेखिनुमा संक्रमित व्यक्ति, भाइरसको व्यवहार र प्रकृति साथै हावापानीले निर्भर गरेको हुन सक्ने चिकित्सकहरुको भनाइ छ ।

यद्यपि नेपालमा हालसम्म लक्षण नदेखिनुको बारेमा अध्ययन भने भएको छैन । लक्षण बिनाको संक्रमणको अवस्थालाइ सकरात्मक र नकरात्मक दुवै दृष्टिकोणबाट विश्लेषण गर्नुपर्ने धारणा चिकित्सकहरुको छ । लक्षणबिनाको संक्रमितबाट समुदायमा संक्रमण फैलन सक्ने भएकोले यस तर्फ सचेत हुनुपर्नेमा चिकित्सकको सुझाव छ ।

क्वारेन्टिन स्थलमा लक्षण बिनाको संक्रमितबाट स्वस्थ व्यक्ति समेत संक्रमित हुनसक्ने भएकोले क्वारेन्टिन स्थलको व्यवस्थापन पनि मुख्य चुनौतिको रुपमा देखिएको छ ।

स्रोत साधनको परिचालन गरि संक्रमितको पहिचानमा व्यापकता दिनुका साथै सामाजिक दुरी कायम गर्ने,मास्क लगाउने र नियमित हात धुनु नै लक्षण नदेखिएका संक्रमितबाट समुदायमा संक्रमण फैलन नदिने मुख्य उपाय भएको चिकित्सकहरुको भनाइ छ । यो समाचार नेपाल टेलिभिजनको आधिकारिक वेभसाइट एनटीभी डट ओराजी डट एनपीमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !