७ बैशाख २०८१, शुक्रबार

कैलालीमा आज एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

धनगढी, असार १० । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा आज एकैदिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीमा ५७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका छन् ।

आज कैलालीमा कोरोना संक्रमण पुष्टि हुने ५७ जनाहरुमा गोदावरी नगरपालिकाका ३२ जना र कैलालीकै लम्कीचुहाका २५ जनामा कोरोना पुष्टि भएको हो ।कोरोना पुष्टि हुने लम्कीचुहा नगरपालिकाका ६ जना महिलाहरु र १९ जना पुरुषहरु गरी २५ जना, गोदावरी नगरपालिकाका ४ जना महिलाहरु र २८ जना पुरुषहरु गरी ३२ जना रहेका छन् ।

आज थपिए कोरोनाका ५७ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !