५ जेष्ठ २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ८२७४ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२६ संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, असार ५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४२६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा गुल्मी ९४, बैतडी ६३, कैलाली ४९, बागलुङ ३२, सिन्धुपाल्चोक २१, कञ्चनपुर २०, डोटी १५, गोरखा ११, सर्लाही ११, झापा १, मोरङ ३, सप्तरी ४, अछाम ६, बझाङ ३, बाजुरा ८ र डडेलधुरा ९ रहेका छन् ।

साथै धादिङ १, कास्की २, काठमाडौं ३, मकवानपुर ८, म्याग्दी १, नवलपरासी पूर्व ४, तनहुँ १९, पर्वत ५, उदयपुर २, सिन्धुली १, चितवन १, बैतडी ५, स्याङ्जा ३, कास्की ६, अर्घाखाँची ६, कपिलवस्तु ४, नवलपरासी पश्चिम २ र रुपन्देही २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार शुक्रवारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ४७ हजार ८ सय ७४ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ४ हजार ३ सय ९९ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ६१ हजार ७ सय ४९ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ४ हजार २ सय ३१ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ८ सय ५० जना रहेका छन् ।

नेपालमा अहिलसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म ८२७४ कोरोना संक्रमितहरुमध्ये ७५६७ जना पुरुषहरु र ७०७ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४०२ जना पुगेको छ । आज नयाँ संक्रमित ४२६ मध्ये ३३८ जना पुरुषहरु र ८८ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

थप २१६ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४०२ जनाले जिते कोरोना

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

नेपालमा संक्रमितको संख्या ७८४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६७१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !