८ जेष्ठ २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

धनगढी, असार ५ । सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका छन् ।

डा. हेमराज पाण्डेका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीका ७ जना, डोटीका ४ जना र कञ्चनपुरका १ जना रहेका छन् । उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४ जना, बर्दगोरीयाका २ जना र जानकीका १ जना, डोटीको बडिकेदारका ४ जना र कञ्चनपुरको पुनरवासका १ जना मा कोरोना पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !