८ जेष्ठ २०८१, मंगलबार

कपिलवस्तुमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७३ पुग्यो


कोरोना भाइरस

कपिलवस्तु, असार ४ । कपिलवस्तु जिल्लामा आज बिहान थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६७३ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा वाडगगा नगरपालिकाका वार्ड नम्वर २ का बर्ष ३४ का पुरुष १ जना, शिवराज नगरपालिका वार्ड नम्वर ५ का २३ बर्ष १ जना पुरुष, वार्ड नम्वर ७ का ३ महिना र ९ बर्षका २ बालकहरु, वार्ड नम्वर ९ का बर्ष १०, ३१, ५० का पुरुषहरु ३ जना र बर्ष ३८ को महिला १ जना गरी ७ जना रहेका छन् ।

साथै मायादेवी गाउँपालिका वार्ड नम्वर १ का बर्ष १८, २६, ३१, ३५, ३५ का ५ जना पुरुषहरु र बर्ष २५ महिला १ जना, वार्ड नम्वर २ का बर्ष ४० का १ जना पुरुष र वार्ड नम्वर ८ का बर्ष ३५ का पुरुष १ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !