६ बैशाख २०८१, बिहिबार

गोरखामा बिहानै थपिए कोरोनाका ११ नयाँ संक्रमित


कोरोना भाइरस

४ असार, काठमाडौँ । गोरखा जिल्लामा आज बिहान थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गोरखामा जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको हो । गोरखा जिल्लाको आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा पालुङटार नगरपालिकामा ७ जना पुरुषहरु र शहिद लखन गाउँपालिकामा ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुषहरु र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ । गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषहरुमा पनि संक्रमण पुष्टि भएको छ ।

उनीहरुहरु सबै भारतबाट नेपाल आएका हुन् र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सवैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !