१५ बैशाख २०८१, शनिबार

अर्घाखाँचीमा बिहानै थपिए ३ जना कोरोना संक्रमित


कोरोना भाइरस

अर्घाखाँची, असार ३ । अर्घाखाँची जिल्लामा आज बिहानै ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा अर्घाखाँची भुमिकास्थान वस्ने वर्ष २७ वर्षीय र १८ वर्षीय २ जना पुरुषहरु र अर्घाखाँची मालारानी वस्ने १९ वर्षीय पुरुष १ जना गरी जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार २ गते प्राप्त भएका नमुनामघ्ये २५५ वटा नमुनाको पिसिआर परीक्षणको क्रममा २५२ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

मंगलवार भरतपुर कोभिड अस्पतालको १, चितवन मेडिकल कलेजको १, अर्घाखाँचीको २००, देवचुली नगरपालिकाको ५२, सि.एम.एसको १ नमुना परीक्षण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !