११ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या ५७६० पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२५ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, जेठ ३२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४२५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा मोरङमा २५, सुनसरीमा १, झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९, सर्लाहीमा ६ जना, रौतहटमा २५, नवलपरासी पूर्वमा २, बझाङमा ५, डडेलधुरामा २४, डोटीमा ३, कैलालीमा १२ जना, कञ्चनपुरमा २०, बर्दिया र बाँकेमा ३/३, रुकुम पश्चिममा २, प्युठानमा २, दाङमा ५४ जना छन् । साथै धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलापरासी पश्चिमका २ जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जना, रौटहटका ५१ जना रहेका छन् ।

आज रुकुम पूर्व थपिएसंगै नेपालमा अहिलसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज ४२५ कोरोना संक्रमितहरुमध्ये ३७५ जना पुरुषहरु र ५० जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ५७६० कोरोना संक्रमितहरुमध्ये ५३२४ जना पुरुषहरु र ४३६ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ६१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९७४ जना पुगेको छ । आज कोरोना भाइरस जित्ने ६१ जनाहरुमध्ये ५५ जना पुरुषहरु र ६ जना महिलाहरु रहेका छन् ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख १० हजार ७२१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा २० हजार १३९ आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख ३३ हजार ३७७ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा ६ हजार ८९ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४३ हजार ६४१ जना छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ४६७ जना छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ९७४ जनाले जिते कोरोना, थप ६१ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

नेपालमा संक्रमितको संख्या ५३३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !