१३ बैशाख २०८१, बिहिबार

नेपालमा ९७४ जनाले जिते कोरोना, थप ६१ जना घर फर्किए


घर फर्किए

३२ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९७४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज हुनेहरुमा नारायणी अस्पतालबाट १२ जना, पाटन अस्पतालबाट १ जना, बीपी प्रतिष्ठानबाट ३ जना, गौर नर्सिङ इन्सि्टयुटबाट ९ जना, डडेलधुरा अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट १ जना, डोटी अस्पतालबाट १ जना, सेती अस्पतालबाट ६ जना, सहपूर्वा आइसोलेसन सेन्टर बाँकेबाट ८ जना, खजुरा क्यान्सर अस्पतालबाट ८ जना र कोरोना विशेष अस्पताल दाङबाट ६ जना रहेका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४२५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ । आज रुकुम पूर्व थपिएसंगै नेपालमा अहिलसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज ४२५ कोरोना संक्रमितहरुमध्ये ३७५ जना पुरुषहरु र ५० जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ५७६० कोरोना संक्रमितहरुमध्ये ५३२४ जना पुरुषहरु र ४३६ जना महिलाहरु रहेका छन् । आज कोरोना भाइरस जित्ने ६१ जनाहरुमध्ये ५५ जना पुरुषहरु र ६ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५७६० पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२५ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

नेपालमा ९१३ जनाले जिते कोरोना, थप ३६ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !