१९ असार २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ५८४ पुग्यो, आज दिउसो थपिए कोरोनाका नयाँ ३६ संक्रमित


डा. विकास देवकोटा

१० जेठ, काठमाडौं । नेपालमा आज शनिवार दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशाला, कोशी अस्पतालको प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप नयाँ ३६ जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार बैतडीका ४ जना, झापाका १ जना, बाँकेका २७ जना, बर्दियाका १ जना र सुर्खेतमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज शनिवार दिउसो थपिएकाहरुमा सेती अस्पतालको प्रयोगशालामा बैतडी जिल्लाको शिवनाथ गाउँपालिका ४ जना छन् । आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ वर्षीय एक र २७ वर्षीय १ पुरुषको पीसीआर रिपोर्ट समेत पोजिटिभ आएको हो । यसैगरी कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएका झापाको डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नरैनापुर-१ मद्रसाका ६ जना १७ देखि ३२ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । नरैनापुर-३ बाँकेको राष्ट्रिय प्रावि गोगली १५ जना पोजिटिभ देखिएको छ । उनीहरु १६ देखि ३२ वर्षका पुरुषहरु हुन् । नरैनापुर बाँकेकै ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। उनीहरु २२ देखि ५० वर्षका पुरुष छन्। बर्दियाका १९ वर्षीय पुरुष १ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यसैगरी सुर्खेतमा २ जना पुरुष र १ जना महिलाको पीसीआर रिपोर्ट समेत पोजिटिभ आएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ५४८ थियो भने आज फेरि दिउसो ३६ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ७० पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ ३२ संक्रमित

नेपालमा ७० जनाले जिते कोरोना, आज एकै पटक २१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !