३ वैशाख, काठमाडौं । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) र्यापिड टेस्ट आज बिहान साढे ९ बजेबाट शुरु भएको छ ।
हिजो मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका १ जना महिला र १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि आज ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो । १ जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए ।
सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये छोरा र आमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ र कोरोना संक्रमण पुष्टि भएको हो । साथै बाँकी बुहारी १ जनाको भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर ३ वटा टेबलबाट परीक्षण भइरहेको छ । ५ वटा ब्लक भएको सनसिटीमा ५०० परिवारहरुमा करीव १५०० जना बस्दै आएका छन् ।
यो पनि पढ्नुहोस्
सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना
कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३
नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२
वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि
नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना