२६ पुस २०८१, शुक्रबार

नेपालमा अहिलेसम्म २३३८ जनाले जिते कोरोना, थप ११४ जना घर फर्किए


घर फर्किए

१० असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २३३८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुषहरु, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुषहरु, सिन्धुली अस्पतालबाट ३ पुरुषहरु, भरतपुर अस्पतालबाट ३ पुरुषहरु, चितवनबाट ५ महिलाहरु, १३ पुरुषहरु, कपिलबस्तुबाट १ महिला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुषहरु, मोरङका १८ पुरुषहरु र सुनसरीका १ महिला, ४ पुरुषहरु, तेह्रथुमका १ पुरुष, दमौली अस्पताल तनहुँबाट १ पुरुष डिस्चार्ज भएका छन् । साथै धौलागिरी अस्पताल बागलुङबाट ४ पुरुषहरु, गोरखा अस्पतालबाट १ पुरुष, विपी कोइराला शुक्ला गण्डकी अस्पताल तनहुँबाट ६ पुरुषहरु, कालिका अस्पताल स्याङजाबाट १० पुरुषहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा अहिलसम्म रसुवा बाहेक अन्य सबै ७६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज नयाँ कोरोना संक्रमित ६२९ मध्ये ५१९ जना पुरुषहरु र ११० जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २३३८ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या १०७२८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६२९ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २४ पुग्यो

नेपालमा अहिलेसम्म २२२४ जनाले जिते कोरोना, थप ७६ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !