७ पुस २०८१, आइतबार

सिमलको जरा सेवन गर्नाले हुने फाइदाहरु


सिमल
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल सिमल यदाकदा मात्र देखिन्छ । सिमलको रूख भिमकाय हुने हुनाले पनि शायद यो लोपोन्मुख अवस्थामा पुगेको हुन सक्छ । चाहे जेहोस् औषधिको रूपमा प्रयोग हुने अधिकांश जडिबुटीहरू लोपोन्मुख अवस्थामा पुर्याएको देखिनु पक्कै राम्रो भने होइन ।

आजको लेखमा मैले सिमलबारे जानकारी पस्कने जमर्को गर्दैछु । सिमलको जरा सेवन गर्नाले मानिसको आयु बढ्न सक्ने भनेको छ । यसलाई कायाकल्प जडिबुटी अन्तर्गत पर्दछ भनेर उल्लेख गरेको पाइन्छ ।

नेपालमा पाइने यस्ता जडिबुटीलाई वैज्ञानिक बन अन्तर्गत राखेर साल होइन जडिबुटी रोप्ने काम गर्नुपर्ने देखिएको छ । हिजो जडिबुटीको बासनाले वायु समेत प्रदुषण हुनबाट जोगीएको थियो तर अहिले जडिबुटी बनबाट नष्ट हुनाले जंगलमा पनि स्वच्छ हावा पाउन गार्हो भएको देखिएको छ ।

औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखहरू अनुसार सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै, टाउको दुख्दा पातको रस एक/दुई चम्चा पिउँदा आराम मिल्छ भनेको छ ।

अर्को रोचक जानकारी अनुसार, महीनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखहरूमा सिमललाई यौन सम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ ।

उल्लेखित अध्ययन र उदाहरणहरूले सिमल औषधिजन्य जडीबुटी रहेको देखाउँछन् । तर, वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् ।

अबको अध्ययन-अनुसन्धानले हाम्रा महत्वपूर्ण जडीबुटीजन्य वनस्पतिलाई के कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्नेबारे सुझाउनुपर्छ । व्यवसायीकरण हुनसक्ने जडीबुटीमा नेपाल सरकारले अहिलेसम्म अत्यन्त न्यून काम गरेकाले यसमा सम्बद्ध सरकारी निकाय र संघसंस्थाहरू लाग्नुपर्छ ।

सिमलको जरा सेवन गर्नाले हुने फाइदाहरु

१. अर्ध वैसको सिमलको जरा ल्यायर थिचेर पाउडर बनाएर राख्नु र विहान बेलुका एक चमच पाउडर नित्य सेवन गर्नाले बुढो पनि जवान हुन्छ भनेको छ ।

२. कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ ।

३. सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गरिएको छ ।

४. योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न समेत यसले राम्रो फाइदा गर्दछ ।

५. पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् ।

यो पनि पढनुहोस्

हर्रो र मानव स्वास्थ्यबारे उपयोगी जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !