१२ बैशाख २०८१, बुधबार

यस्ता छन् गाउँघरमा पाइने आकाश बेलीका फाइदाहरु, जानी राखौ


आकाश बेली

आकाश बेली परजीवि जडिबुटी हो । यो अन्य बोटबिरूवामा लटपटिए आफ्नो भरण पोषण गर्ने गरेको हुन्छ । यो औषधि निमको बोटमा देखिएमा अझ उत्तम मानिएको छ । यस्ता जडिबुटीको प्रभाव धेरै राम्रो हुने गरेको हुन्छ ।

औषधि दुई प्रकारको हुन्छ । एउटा आफै जमिनमा उम्रने अर्को अरू बोट बिरूवामा उम्रने हुन्छ । यस्ता जडिबुटीलाई बाधा भन्ने चलन छ । तन्त्र शास्त्रमा यस्ता औषधिलाई चमत्कारिक औषधिको रूपमा लिने गरेको छ ।

यस्ता जडिबुटीमा बर र पिपल पनि अर्को बोटमा उम्रने गर्दछ । सहि तरिकाले प्रयोग भएमा यसका फाइदा थुप्रै छन् । यो लेखमा मैले पिपलको उपयोगबारे पनि प्रकाश पार्ने छु । आकाश बेलीलाई हामीले लामो समयदेखि मानव स्वास्थ्यमा प्रयोग गर्दै आएका छौं ।

आकाश बेलीलाई घरेलु औषधीको भण्डार मानिएको छ । आकाश बेलीमा अर्को बोटको रस हुने भएकाले कस्तो बोटमा यो छ भन्ने कुरामा बिशेष ध्यान पुर्याउन आवश्यक छ । हामीले यो पनि बुझ्न जरूरी छ की यसले चुस्ने बोट कस्तो छ भन्ने कुरामा भर पर्दछ ।

कुनै पनि घरको भित्तामा उम्रेको पिपलको जरालाई घोटेर ग्लेण्ड टिभीमा लगाउनाले बेलोडोना टेपको काम गर्दछ । यो औषधि दल्नुको साथै खाने गरेमा पनि राम्रो फाइदा हुने गरेको छ । आकाश बेली पनि ठिक पिपल जस्तै फाइदा दिने खालको पाइएको छ ।

गाउँघरमा जण्डिसको उपचारमा आकाश बेली प्रयोग हुदै आएको छ । यो औषधिको सहि मात्राको प्रयोगबाट लिभर सम्वन्धित रोगको उपचार हुने गरेको लामो अनुभव हामीसंग छ । जण्डिसको उपचार गर्ने बेला आकाश बेली कस्तो बोटमा उम्रेको छ हेर्ने गर्नुपर्छ ।

निमको बोटमा उम्रेको आकाश बेलीको फाईदा सवैभन्दा राम्रो मानिएको छ । यसलाई थिचेर औषधिको रूपमा झोल बनायर सेवन गर्ने परम्परा छ । गाउँघरमा औषधिको रूपमा प्रयोग गर्ने तरिका गलत छ ।

रोगीको अवस्था र बलाबल हेरेर यसको मात्रा तोक्नु पर्दछ । योग्य अनुभवी वैद्य डाक्टरको रेखदेखमा यस्ता औषधि सेवन गराउनु राम्रो हुनेछ । कमजोरलाई दिने मात्रा र बलियोलाई दिने मात्रामा केहि फरक पार्नुपर्ने हुन्छ ।

कसैलाई शुरूवात मै जण्डिस भएमा आकाश बेलीलाई थिचेर (चार लिटर उमालेर सेलाएको पानी) मा घोलेर जुस बनाएर दिनभरी पिउन दिने चलन छ । यो औषधि सेवन गरेको १५ दिन सम्ममा जण्डिस निको हुने गरेको पाइन्छ । जण्डिस रोगमा सहि तरिकाले डाइट गराइन्छ र औषधि खान दिइन्छ भने यो निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !