६ बैशाख २०८१, बिहिबार

गाँजा मानव स्वास्थ्यका लागि बरदान हो


गाँजा

सहि तरिकाले प्रयोग गरेमा यसबाट हामीले थुप्रै फाइदा उठाउन सक्नेछौं । एक समयमा गाँजालाई लागुऔषधको रूपमा लिइने गरेतापनि अहिले यसलाई मानव स्वास्थ्यका लागि बढी प्रयोग हुने गरेको पाइन्छ । गाँजा लागुऔषध नभई औषधि रहेछ भन्ने कुरा जनस्तरमा समेत जानकारी हुन आवश्यक छ ।

अमेरिका तथा युरोपका थुप्रै सहरमा गाँजा खुला गरिएको छ । अन्य देशहरूले पनि गाँजासम्बन्धी नियम खुकुलो बनाउँदे गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन जस्ता देशहरू गाँजा प्रयोगमा केही उद्दार हुँदै गएका छन् ।

अमेरिकाका केहि राज्यले गाँजालाई औषधिको रूपमा प्रयोग गर्न अनुमति दिएका छन् । भारतका केही राज्यले औद्योगिक प्रायोजन लागि गाँजा खेती गर्न अनुमति दिएका छन् । त्यस्तै चीन पनि यसमा उद्दार देखिँदै आएको छ । गाँजाको प्रयोग दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

‌६५,७० तिर नेपालमा पनि गाँजा उत्पादन र खेतीमा कुनै प्रतिबन्ध लागेको थिएन । तर सन् १९७६ मा सरकारले अमेरिकी दबाबमा गाँजाको प्रयोग र उत्पादनमा रोक लगायो । त्यस दसकमा नेपालमा हिप्पी युगको शुरुआत भयो । अमेरिका लगायत अन्य मुलुकबाट नेपालमा गाँजा खानेको घुइँचो लाग्थ्यो ।

यही कारणले अमेरिकाले आफ्नो नागरिकप्रति चिन्ता दर्शाउँदै नेपालमा गाँजा प्रतिबन्ध गर्न दबाब दियको थियो । यही कारण नेपालमा गाँजालाई लागुऔषधको रूपमा हेर्न थालेको देखिन्छ । मानिसले हरेक कुराको परिवर्तन गरेतापनि मानव स्वास्थ्यका लागी केहि परिवर्तन गर्न सकेन बहुमुल्य औषधि त्यसै खेर गए यो दु:खद हो ।

गाँजाको सहि प्रयोग गर्नाले यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ ग्लाइकोमा’ भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपच जस्ता समस्याको उपचारका निम्ति गाँजा सहयोगी देखिन्छ । अत्यन्त दुखाईको राहतको लागि पनि यो प्रयोग गर्न सकिन्छ ।

गाजालाई सहितकाबाट प्रयोग गर्दा क्यान्सर सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी औषधि हुने अनुसन्धानले देखाएको छ । यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगहरूको उपचार गर्न सकिन्छ । गलत तरिकाले प्रयोग गरेमा गाँजाले हृदयगति बढाउने, धुवाँले श्वासप्रश्वास प्रणालीमा असर गर्ने तथा अन्य सामान्य शारीरिक गतिविधिमा प्रभाव पार्न सक्ने देखिन्छ ।

गलत तरिकाले प्रयोग गर्दा अन्य बस्तुले पनि असर नहोला भन्न सकिदैन । गाँजालाई बुद्धिबर्धक औषधिको रूपमा लिन सकिन्छ । आजसम्म गाँजा खाएर मान्छे मरेका घटना सुन्न पाइएको छैन जति जाँड रक्सी र धुम्रपानले मान्छे मर्ने गरेका छन् । गाँजा औषधि हो यसलाई सरकारले निगरानीमा राखेर फुकुवा दिनुपर्ने समए आएको छ ।

आज समाजमा रक्सी र चुरोटलाई खुला सेवन गर्ने छुट छ, जसका कारण लाखौं घर बरबाद भएका छन् । रक्सीको लतले गर्दा आय दिन बलात्कारका घटनामा वृद्धि भएका छन् । यस्ता घटना रोक्न समेत महत्वपूर्ण भूमिका गाँजाले खेल्न सक्छ यसमा दुईमत छैन । गाँजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ ।

यसले नेपालको आर्थिक उन्नतिमा ठूलो फडको मार्न सक्ने देखिन्छ । गाँजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । हामीले यसबाट कागज, तेल, औषधि लगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ । यसको सही उपयोग गर्न सके नेपालमा रोजगारको अवसर सिर्जना गर्न सकिन्छ ।

एकजना विदेशीले भनेका थिए नेपालमा गाजा खेती उपयुक्त रहेछ । ती विदेशीको भनाइमा नेपालले चाहेमा देशलाई सम्बृद्धितर्फ धकेल्न सक्छ, रोजगार वृद्धि गर्न सक्छ, औषधि बनाएर होस् वा विदेशीलाई गाजा मात्र बेचेर मनग्य डलर भित्र्याउने सम्भावना छ । नेपालमा भएको अमूल्य गाजा खेतीको सही प्रयोगले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ ।

समयसंगै हामीले यसवाट फाइदा उठाउन जान्नु पर्छ । अन्तर्राष्ट्रिय स्तरमा गाँजाको खेतीबारे बहस गर्न जरूरी देखिएको छ । हात थाप्नेमा मात्र होइन समयसँगै गाँजाप्रति संसारको सोचाइ परिवर्तन हुँदै गएको अवस्थामा नेपालले पनि यस सम्बन्धी कानुन खुकुलो बनाएर यसको सदुपयोग गर्नुपर्छ र यसबाट फाइदा लिन सक्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !