नेपाल जडिबुडिको अपार प्राकृतिक स्रोत साधनहरुको देश भनेर चिनिन्छ । जडिबुटी विशेष गरेर हिमाली, पहाडी र तराई क्षेत्रमा जडिबुटी तथा विभिन्न बनस्पति पैदावरको प्रचुर सम्भावना निरन्तर रहि आएको छ ।
यसको समुचित विकास र सहि ढंगले सहि तरिकाले संरक्षण कोष सदुपयोग गरि स्थानिय जनताको जीवनस्तर सुधार गर्न सकिन्छ । देशमा छरिएर रहेका विभिन्न औषधीयुक्त एंव सुगन्धित जडिबुटीहरु संकलन गर्न सकिन्छ ।
जसमा स्वदेशी उद्योगहरुलाई कच्चा पदार्थ उपलब्ध गराउन सकिन्छ । विदेशी वजारमा निकाशी गरी वैदेशिक मुद्रा आर्जन रोजगारी सिर्जना र राजस्वमा ठूलो वृद्धि हुने देखिन्छ । नेपालमा उपलब्ध हुने जडिबुटीहरुलाई समुचित रुपमा संकलन गर्ने र व्यावसायिक दृष्टिले उपयोगी हुन सक्ने र जडिबुटीलाई खेतीयोग्यको रुपमा लिन सकिन्छ ।
“हरियो वन नेपालको धन” भनेझै जंगल भित्र पहिचान पाएका तथा पहिचान पाउन बाँकि रहेका जडिबुटीहरुलाई प्राथमिकता दिइराख्न सके ठूलो उपलब्धि हुने छ । वनस्पति औषधीजन्य जडिबुटीले केहि पहिचान पाइसकेको अवस्था छ । ती मध्ये थुप्रै थरिका जडिबुटीहरूको विषयमा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा र परिचर्चाको विषय बनेको छ ।
नेपालका प्रमुख प्राकृतिक संम्पदाहरुमध्ये जलस्रोत र जडिबुटीहरु गणना गरिएको छ । मुलुकमा ७०० प्रजातीका जडिबुटीहरुको पहिचान भएको छ । नेपालमा बार्षिक ८० हजार टन भन्दा बढी जडिबुटी उत्पादन हुने गर्छ भने त्यसको ९० प्रतिशत जडिबुटी निर्यात हुदै आइरहेको छ ।
जडिबुटीका मुख्य बजार भनेका चीन र भारत र त्यसमध्ये ७० प्रतिशत उत्पादन चीनमा निर्यात हुदै आइरहेको छ । तर भारतीय बजारमा प्रशोधित जडिबुटीहरुको माग आइरहेको छ । नेपाल जडिबुटी नै जडिबुटीको देश हो । यसलाई समुचित रुपमा संकलन र स्थानीय रुपमै प्रशोधन भइराखेको छ ।
गरीब तथा निम्न आय भएका यस पेशा र जडिबुटी व्यबसायमा आश्रित जनतालाइ लाभ पूर्याउन सकिन्छ । नेपाल एक सुन्दर र प्राकृतिकले सुन्दरता र भरिपुर्ण देश भएकाले नेपालमा धेरै प्रजातिका जडिबुटीहरु पाइन्छन् । नेपालीहरूले जडिबुटीको प्रयोग गरेर विरामी निको बनाउन सफल भएको देखिन्छ ।
गाउँघरमा धेरै बर्ष अगाडिदेखि जडिबुटीको उपचार चलि आएको कुरा हो तर जडिबुटीको परिचयात्मक प्रचलन भने ३ सय बर्ष अगाडि मल्लकालमा भएको थियो मल्ल राजा जयप्रताप मल्लले बैद्यखानाको स्थपना गरी नेपालमा विद्यमान जडिबुटीबाट आयुर्वेदिक औषधीको निमार्ण कार्य थालनी भएको थियो ।
जडिबुटीको क्षेत्र सिमित जस्तो देखिएता पनि यसको प्रयोग भने व्यापक रूपमा चलि आइरहेको छ । नेपालको क्षेत्रफल सानो भएतापनि भौगोलिक जैविक विविधता र हावापानीले प्राकृतिक सम्पदा भरिपूर्ण देखिन्छ । जलस्रोत पछिको ठूलो स्रोत जडिबुटीको हो । जडिबुटीको माध्यमबाट बैदेशिक मुद्रा आर्जन समेत भइराखेको छ तर यसलाई सहि ढंगले प्रयोग नगरेर मात्र देशमा परनिर्भर भएर बाँच्नु परेको अबस्था रहि आएको छ ।
अहिले जडिबुटी हिमाली तथा पहाडि भेगका अधिकांस जनताको रोजी-रोटीको माध्यमको रुपमा परम्परागत देखि चल्दै आइरहेको छ । यदि हामी सवै नेपालीले गर्ने हो भने नेपाल र नेपाली जनता अवश्य पनि नयाँ सकारात्मक बाटोतर्फ हिड्ने छन् भन्ने हामीलाई लागेको छ ।
जर्मनमा आयुर्वेदिक जडिबुटीबाट मदर टिङ्गचर उत्पादन गरी विश्व सामु पुर्याउन सफल देखिन्छ भने नेपाललाई जडिबुटीको खानीको रूपमा हेरिएको छ तर बिदेशीको भरमा भने नेपाललाई राखिएको छ । जडिबुटीको खानीको रूपमा नेपाललाई हेर्ने गरेको पाइन्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।