२ कार्तिक २०८१, शुक्रबार

यस्ता छन् बांधाका चमत्कारिक तान्त्रिक प्रयोग पढ्न नभुलौं


बांधा

बांधा केलाई भन्दछन् भन्ने कुरा मैले पहिलै भनि सकेको छु । यस्ता बांधाको विषयमा जानकारी प्राप्त गरेर प्रयोग गराउन सके आयुर्वेद जडिबुटीको शिर उचा हुने देखिन्छ ।

आजको लेखमा मैले कुनैपनि अर्को रूखमा उम्रने जसलाई हामीले जडिबुटीमा परजीवी बिरूवा भन्ने गर्छौं । यस्ता विरूवाका चमत्कारिक फाइदा उठाउन सकिनेछ ।

यस्ता जडिबुटीबारे आज प्रकाश पार्न गइरहेको छु । यस्ता बांधाको प्रयोग गरेर चमत्कारिक फाइदा हामीले उठाउन सक्ने छौं । यस्ता बांधाबारे केहीलाई जानकारी नहुन सक्छ ।

बांधा र तान्त्रिक जडिबुटी कुन-कुन छन् भन्ने जानकारी प्राप्त गर्न आवश्यक छ । सेतो राती गेडीको जरा, कालो राती गेडीको जरा, दतिवनको जरा, मजरको पोखको शिका, कालो हलेदो जस्ता अनेकौं जडिबुटी छन् जसको सहयोगबाट हामीले चमत्कारिक फाइदा उठाउन सक्नेछौं ।

बांधा जस्तै बरको, आपको, पिपलको, निमको, सालको यस्ता रूखमा उम्रने विरूवाको जरा ल्यायर हामीले चमत्कारिक फाइदा उठाउन सक्नेछौं । आन्द्रा नक्षत्रमा बरको रूखमा उम्रने अर्को रूखको जरा बांधा ल्याएर पुजा गरेर बाध्नाले शत्रु दमन गर्दछ र सदैव यसले आफुलाई रक्षा गर्नेछ ।

नोट : जडिबुटी तन्त्रमा विश्वासको ठूलो हात हुन्छ विश्वास नहुने या नगर्ने व्यक्तिहरूले यसको प्रयोग नगर्नु नै उचित हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !