८ बैशाख २०८१, शनिबार

के हो यो एन-९५ मास्क ?


एन-९५ मास्क

के हो यो एन-९५ मास्क ? अहिले विश्व कोरोना भाइरस (कोभिड-१९) को महामारीवाट भयभित छ । कोरोना भाइरसबाट बच्न कुन मास्क किन्ने ? यो प्रश्न धेरै व्यक्तिको दिमागमा चल्ने गर्छ । हार्टकेयर फाउन्डेशन अफ इण्डियाका अध्यक्ष डा. के के अग्रवालका अनुसार भाइरसबाट बच्नको लागि एन-९५ (N-95) मास्क सबैभन्दा उपयुक्त हुन्छ ।

जब तपाईं मास्क किन्नुहुन्छ, ध्यान दिनुहोस् कि यसको रेटिङ्ग एन-९५ नै होस् । दोस्रो सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि तपाईंको अनुहारमा फिट हुन आवश्यक छ । त्यसो भएन भने यो केही कामको हुँदैन । यो बाहेक केहि अन्य प्रकारका फेस मास्क पनि हुन्छ जसले भाइरसबाट बचाउन सक्छ, जान्नुहोस् कुन मास्कले कति सुरक्षा दिन्छ ।

एन-९५ मास्क कोरोना भाइरस जस्ता संक्रमणबाट रक्षा गर्न सबैभन्दा राम्रा मास्कहरू मध्ये एक हो । यो सजिलै मुख र नाकमा फिट हुन्छ र कणहरूलाई नाक वा मुखमा प्रवेश गर्नबाट रोक्दछ । एन-९५ मास्कले हावामा रहेका ९५ प्रतिशत कणहरूलाइ रोक्न सक्छ । त्यसैले नाम यसको नाम एन ९५ राखिएको हो । कोरोना भाइरस कणहरू डायमिटरमा ०.२२ माइक्रोन जत्तिकै हुन्छ, जसका कारण यसले धेरै हदसम्म रोक्न सहयोग गर्दछ। यसले शतप्रतिशत ब्याक्ट्यरियाहरू, धुलो र परागकणबाट बचाउँछ ।

एन-९५ मास्कले हावामा रहेका ९५ प्रतिशत कणहरूलाइ रोक्न सक्छ । त्यसैले नाम यसको नाम एन ९५ राखिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को बिरामीसित सीधै सम्पर्कमा रहने डाक्टर वा अरु स्वास्थ्यकर्मीले एन-९५ (अमेरिकी स्ट्यान्डर्ड) वा एफएफपी-२ (यूरोपियन स्ट्यान्डर्ड) वा सोभन्दा माथिको मास्क लगाउनको लागि सुझाइएको छ । तर अरु कर्मचारी वा कोभिड-१९ को सीधा सम्पर्कमा नरहने स्वास्थ्यकर्मीले मेडिकल मास्क लगाउँदा हुन्छ ।

एन-९५ वा एफएफपी-२ स्ट्यान्डर्ड मास्क प्रायजसो हावाको माध्यमबाट हुने संक्रमणको जोखिमलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ । तथापि तिनीहरूको प्रभावकारिता उचित फिट र प्रयोगमा अत्यधिक निर्भर गर्छ । एन-९५ स्ट्यान्डर्ड भन्नाले ०.३ माइक्रोनसम्मका कणहरुलाई ९५ प्रतिशत रोक्न सक्ने मास्क हुन्, जुन सर्जिकल या मेडिकल मास्कबाट सम्भव हुँदैन । एन-९५ ले अत्यन्तै साना कण जस्तै कोभिड-१९ को जीवाणुलाई पनि छान्न गर्न सक्छ ।

यो पनि पढ्नुहोस्

के हो पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !