७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना


प्रधानमन्त्री केपी शर्मा ओली

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । हिजो बिहीबार शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राती ११ बजे भर्ना गरिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भएपनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै गम्भीर समस्या छैन । शुक्रबार नै उनलाई डिस्चार्ज गर्ने तयारी छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएतापनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । प्रधानमन्त्री ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए ।

ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !