१३ बैशाख २०८१, बिहिबार

सरकारप्रति नेपाल औषधि व्यवसायी संघ नवलपरासीको गम्भीर ध्यानाकर्षण


नेपाल औषधि व्यवसायी संघ नवलपरासी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चैत ९, नवलपरासी । सरकारलाई नेपाल औषधि व्यवसायी संघ नवलपरासीको गम्भीर ध्यानाकर्षण गराएको छ । पूर्व जिल्ला नवलपुरको नेपाल औषधि व्यवसायी संघको बैठकको निर्णय अनुसार सम्पुर्ण औषधि व्यवसायीको हकहितलाई ध्यानमा राखी विहान ९ बजेदेखि साँझ ५ बजेसम्म दैनिक औषधि पसल खुल्ला गर्ने र अन्य समयमा बन्द गर्ने भनी जिल्ला प्रशासन कार्यालय डेलिकेसन गएकोमा यस्तो हुदैन यसले नागरिकलाई असर हुनसक्छ अझ सोच्नुस् भन्ने जवाफ आएको छ ।

सवैभन्दा जोखिमको सुचीमा क्लिनिक र फार्मेसी देखिएका छन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं । हामीले बुझे अनुसार इनफेरेड थर्मा मिटर फेस्मास्क र सेनिटाइजर जस्ता अत्यावश्यक बस्तु नै उपलब्ध नभएको अवस्था छ । यस्तो अवस्थामा आफुलाई नै जोखिममा राखेर काम गर्नुको पिडा स्वास्थ्य मन्त्रालयले बुझ्न आवश्यक छ ।

विगतमा आफ्नो स्वास्थ्यको कुनै प्रबाह नगरी काम गर्दै आएकोमा अहिले बाध्यताबश यस किसिमको कदम चाल्नुपर्ने भएको छ । यस विषयमा सबैको ध्यान जान आवश्यक छ । तर नागरिकको स्वास्थ्यमा ध्यान दिन पनि आवश्यक छ बुझ्दा-बुझ्दै यस किसिमको कदमले सबैलाई मार पर्न सक्ने अवस्था देखिएको छ ।

सरकारले अनिवार्य रूपमा जे जसरी हुन्छ चीनबाट मगाएर भएपनि इनफेरेड थर्मामिटर, मास्क, ग्लोप्स, सेनिटाइजर जस्ता अत्यावश्यक बस्तु विक्रि डिपो स्थापना गरेर जनताको आवश्यकतालाई हेर्नुपर्ने समय देखिएको छ ।

बदलिदो समय अनुसार सवैभन्दा जोखिमको सुचीमा फार्मेसिमा बस्ने फार्मासिष्ट, डाक्टर, नर्स र ल्याब, अहेब सवै जोखिमको सुचीमा भएको नकार्न सकिदैन । यसतर्फ नागरिक समाज र स्वास्थ्य विभागको ध्यान पुग्न आवश्यक देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !