११ आश्विन २०८१, शुक्रबार

कोरोना संक्रमणको आशंकामा २ जना नेपाली टेकु अस्पतालको आइसोलेसनमा


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

१८ फागुन, काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भर्ना भएका नेपालीमध्ये १ जना चीनबाट र अर्का १ जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका बताइएको छ ।

दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो । कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजिएको हो । उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको भने होइन । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !