७ मंसिर २०८१, शुक्रबार

हृदयघातको सफल उपचार (Successful Treatment of Heart Attack)


हृदयघात
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हृदयघातको सफल उपचार आयुर्वेदमा छ भन्दा आश्चर्य लाग्न सक्छ । यस्ता थुप्रै केसमा आयुर्वेदिकले राम्रो भूमिका निभाएको देखिन्छ । हृदयघातककै कारणले संसारभर ७४ लाख मानिसहरू प्रत्येक वर्ष मर्ने गरेको पाइन्छ । तर बिडम्बनाको कुरा के छ भने प्रत्येक बर्ष ७४ लाख मानिसहरू मरिरहेका छन् यस्ता कुरामा हामीले त्यति चासो दिएको पाइदैन ।

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरी धमनी वा धमनीका शाखाभित्रै अकस्मात रगत जम्न गइ रगतको थेग्लाले धमनी थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरू अक्सिजन र अन्य पोषक तत्वहरुको अभावमा मर्न गई देखापरेको आपतकालीन समस्यालाई नै हृदयघात भन्दछन् ।

कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमनीका भित्ताहरुहरुमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरू जम्मा भएर धमनी साँघुर्‍याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ । उपरोक्त पदार्थहरू जम्मा भएर धमनी साँघुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरिक्त रगत आपूर्ति गर्न सक्दैन ।

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरी धमनी वा धमनीका शाखाभित्रै अकस्मात रगत जम्न गइ रगतको थेग्लाले धमनी थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरू अक्सिजन र अन्य पोषक तत्वहरुको अभावमा मर्न गई देखापरेको आपतकालीन समस्यालाई नै हृदयघात भन्दछन् ।

यसो हुदा साँघुरिएको ठाउँमा नसाको भित्रीपत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहरु अक्सिजन र पोषकतत्वको अभावमा मर्न जान्छन् ।

यसरी हृदयतन्तुहरू मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हुन नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ । यस्तो समस्या भविष्यमा कोही कसैलाई नहोस् भनेर आजको लेखमा आयुर्वेदिक उपचार कसरी गर्ने भन्ने विषयमा प्रकाश पार्ने जमर्को गर्दैछु । हामीले स्वास्थ्यप्रति त्यति चासो दिएका हुदैनौ ।

आयुर्वेद औषधि खाँदा खासै बार्नुपर्ने समस्या हुदैन औषधि भने नियमित सेवन गर्नुपर्ने हुन सक्छ । हृयदघात भइसकेका या हुन सक्ने सम्भावनालाई रोक्न आयुर्वेदिकले राम्रो भुमिका खेल्न सक्ने भएको छ । नेपालमा हृदयघातबाट मर्नेको संख्या धेरै छ ।

औषधि बनाउने तरिका

१. कागजी बदामलाई ल्याएर बाहिरको घाजी बोक्रा फालेर भित्रको दानालाई राती पानीमा भिजाउनुहोस् । विहानै मिक्चरमा राखेर पिस्नुहोस् । १०,१५ दाना किसमिश सानो इलाइची ५,५ दाना र थोरै मिस्री राखेर गाइको काँचो दुधमा राखेर मसिनो गरी पिसेर बिहान खाली पेटमा नियमित सेवन गर्नुहोस् ।

२. अर्जुनारिष्ट औषधि बजारमा बनि बनाएको विश्वासिलो कम्पनीको १५ मिली जति समभाग पानी मिलाएर दिनमा २ पटक नियमित सेवन गर्नुहोस् ।

नोट : हृदयघातबाट आफुलाई बचाउन औषधि खाँदासम्म नुनको र मरमसलायुक्त खाना, चिल्लो खानाबाट बच्नुपर्ने छ । हृदय रोगीले बिहान खुला हावामा घुम्ने बानी बसाल्नु पर्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !