१६ आश्विन २०८१, बुधबार

महराको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालमै बयान लिने तयारी


कृष्णबहादुर महरा फाइल फोटो

२७ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ ।

प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो ।तर, उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !