१८ बैशाख २०८१, मंगलबार

थाहा पाउनुहोस्, कुन समयमा नुहाउन उत्तम हुन्छ ?


हामी प्राय दिनानुदिन नुहाउने गर्छौं । तर  कुन समय नुहाउने भन्ने विषयले पनि महत्व राख्दछ । अधिकांश मानिस बिहान नुहाउन रुचाउँछन् । त्यसमा केहीले बेलुकाको समय नुहानु राम्रो हुने तर्क पनि गर्छन् । फुर्सदिला मान्छेका लागि दिउँसो फुर्सदमा आनन्दले नुहाउनु अर्को मज्जाको कुरा होला । तर साच्चै भन्ने हो भने कुन समय नुहाउँदा चाहिँ उत्तम हो त हाम्रो शरीर र स्वास्थ्यका लागि ? नुहाउने समय स्थितीमा निर्भर हुन्छ जस्तै तपाईको छालाको प्रकार, तपाईको कामको प्रकार र तपाई कति प्रदुषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ ।

  • तपाईको छाला चिल्लो छ ?

यदि यस्तो हो भने विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरुले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।

  • बिहान दाह्री काट्नुहुन्छ ?

पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला वा नुहाइसकेपछि हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण पुरुषले बिहान दाह्री काट्छन् भने उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।

  • जाँडै उठ्ने बानी छ ?

तपाईको बिहान चाँडै उठ्ने बानी छ भने बिहान नै नुहाउँदा राम्रो हुन्छ । तर स्नूज बटनको अत्यधिक प्रयोग गर्नेहरुका लागि यो उपाय राम्रो होइन ।

  • राति धेरै पसिना आउँछ ?

जसलाई राती धेरै पसिना आउँछ उसले बिहान नुहाउँदा राम्रो हुन्छ । तर जसले राती सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरुले बिहान नुहाउन आवश्यक छैन ।

  • राति नुहाउने बानी छ ?

थुप्रै मानिसलाई राति सुत्नुअघि नुहाउनु आरामदायी र सजिलो लाग्छ । यद्यपी, केही अनुसन्धानका अनुसार राति नुहाउनुको अर्थ तपाईको शरिरको तापक्रममा परिवर्तन हुनसक्छ । जसले प्राकृतिक लयमा बाधा पु¥याउन सक्छ र निन्द्रा कम लाग्न सक्छ । यदि यस्तो छ भने सुत्नुभन्दा दुई घण्टाअघि नुहाउनुहोस् ।

  • मेकअप गर्नुहुन्छ ?

यदि तपाई सन्सस्क्रिम वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ ? यदि त्यस्तो हो भने त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राति नुहाएर मात्र सुत्नुहुन्छ भने तपाईंको छाला राम्रोसँग सफा हुन्छ ।

  • धुँवा धुलोमा काम गर्नु हुन्छ ?

अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाई लगातार धुलो, प्रदुषण वा किटाणु आदिको सम्पर्कमा रहनुहुन्छ । त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ । यसकारण नुहाउने निर्णय आफ्नो शरिर वा दिनचर्याको हिसाबले गर्नुहोस् । तर धेरै पटक नुहाउनबाट बच्नुहोस् । धेरै नुहाउँदा तपाईंको शरिरको गुड ब्याक्टेरिया जस्तै तपाईको रक्षा गर्दछ, लाई नष्ट हुनसक्छन् र तपाईंको छाला संक्रमण हुने आशंका बढ्ने गर्दछ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !