एसिडिटी र ग्यांस्टिकका लक्षणहरु अनेक हुन्छन् । तीमध्ये प्रमुख लक्षणहरु यस प्रकार छन् ।
- पेट, छाती र घाँटीमा जलन हुनु ।
- अमिलो डकार आउनु ।
- कहिलेकाहीँ उल्टी हुनु ।
- मुखमा अमिलो र तीतो पानी आउनु ।
- अपच हुनु ।
- कहिले कब्जियत त कहिले पखाला लाग्नु ।
- शरीर तातो हुनु ।
- भोक कम लाग्नु वा बढी लाग्नु ।
- टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु ।
- चक्कर लाग्नु ।
- बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु ।
- राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु ।
- अनेक डरलाग्दा सपना देख्नु ।
- आहार–विहार र घरेलु उपचार । (एजेन्सीको सहयोगमा)