५ जेष्ठ २०८१, शनिबार

रिसलाई नियन्त्रण गर्न नसक्दा हाम्रो स्वास्थ्यमा हुने असरहरु


angry

मानव भएपछि जो कसैलाई पनि रिस उठ्न सोभाविकै हो । मानिसलाई स-साना कुराहरुमा पनि रिस पैदा हुन्छ । रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो । यसैका कारण कयौं सम्बन्धहरु टुटेका उदाहरण पनि छन् । त्यसैले गर्दा रिसलाई सही समयमै नियन्त्रण लिदा उचित हुन्छ । जसले गर्दा तपाईको भावी दिनहरु उज्वल रहनेछन् । यदि रिसलाई समयमै नियन्त्रण लिनुभएन भने त्यसको परिणाम आफैले भोक्न पर्ने हुन्छ ।  रिसले सामाजिक तथा पारिवारिक सम्बन्धमा त असर पर्छ नै, हाम्रो स्वास्थमा पनि नराम्रो प्रभाव पर्छ ।

रिसाउँदा हाम्रो शरीरमा पर्ने असर

  • रिसाउँदा मानिसको मस्तिष्कमा यस्तो रासायनिक तत्व बन्दछ, जसले शरीर तथा मस्तिष्कमा असर पार्छ ।
  • आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।
  • ब्लड प्रेशर एक्कासी उच्च हुन्छ । र आक्रामक भावना उत्पन्न हुन् ।
  • सोच–विचारको शक्ति कमजोर हुन्छ ।
  • तनाव बढ्छ ।
  • लगातार रिसाउँदा पाचन प्रणालीमा नराम्रो असर पर्छ । पाचनतन्त्र कमजोर हुन्छ, जसका कारण एसिडिटी, कब्जियत, भोक नलाग्नेजस्ता समस्याहरु देखिन थाल्छन् ।
  • निद्रा हराउन थाल्छ, यसले तपाईंको आयु घटाउँछ भने जवानीमै बुढो देखिन थाल्नुहुन्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !